nemccu logo

नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी संघ लि.

  • दर्ता नं. ०६९/०७०/०२३

    बहुद्देश्यीय सहकारी संघ / संस्थाहरुको

  • छाता संगठन

  • coop

हाम्रो बारेमा

देशको स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा नागरिकहरुको पहलमा समुदायका लागि आवश्यक विविध विषयका उद्दयमशिलताको विकासमा बहुउद्देश्यीय सहकारीरुको योगदानलाई दिगो, भरपर्दो र परिणाममुखि बनाउन बहुउद्देश्यीय सहकारी संस्थाहरु तथा जिल्ला सहकारी संघहरुको केन्द्रिय संघ गठन गरी संचालन गर्न आवश्यक भएकोले ४ हजार ३ सय भन्दा बढी बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको सवल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन प्रणालीलाई विशेष जोड दिने, ग्रामिण अर्थतन्त्रको सहजीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशाामा अगाडि बढाउने, सहकारी क्षेत्रमा देखिएको विभिन्न किसिमका समस्याहरुलाई उचित समयमा सम्बोधन गर्दै, विषयगत जिल्ला संघहरु, जिल्ला सहकारी संघहरु, केन्द्रिय सहकारी संघहरु र राष्ट्रिय सहकारी संघको समेत पुर्नसंरचना गरी सहकारी उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्नको लागि नेपाल सरकारसंग सम्बन्धित निकायहरुमा सुझाब दने, लगायत संघको विनियममा लेखिएका कार्यहरुको अतिरिक्त हामीले स्थापना कालदेखि वार्षिक साधारण सभामा घोषणा गरेको अल्पकालिन र दिर्घकालिन कार्य योजनाहरुलाई समेत चरणबद्ध रुपमा लागू गर्दै जाने प्रतिबद्धता जाहेर गदैछौं । बहुउद्देश्यीय केन्द्रिय सहकारी संघको स्थापना कालको एक वर्षका अवधिमा वित्तिय कारोवार तथा कर्जा लगानी शुभारम्भ गरेको छ । जस्ले गर्दा यस संघसंग आवद्ध बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरु लाभान्वित हुने भएका छन् । बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुलाई वित्तिय सेवा प्रदान गर्न वित्तिय कारोबार सुरु गरेका छौं ।

अध्यक्ष ज्यूको भनाई

देशको स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा नागरिकहरुको पहलमा समुदायका लागि आवश्यक विविध विषयका उद्यमशीलताको विकासमा बहुउद्देश्यीय सहकारीहरुको योगदानलाई दिगो, भरपर्दो र परिणाममुखी बनाउन बहुउद्देश्यीय सहकारी संस्थाहरु तथा जिल्ला सहकारी संघहरुको केन्द्रिय संघ गठन गरी संचालन गर्न आवश्यक भएकोले  ४ हजार ३ सय भन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाहरुको हकहित, संरक्षण, प्रबद्र्धन र सुदृढीकरण गर्ने मुख्य उद्देश्य लिई यस केन्द्रीय संघको स्थापना भएको छ । बहुउद्देश्यीय सहकारी संघ÷संस्थाहरुको सबल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन प्रणालीलाई विशेष जोड दिने, ग्रामिण अर्थतन्त्रको सुदृढीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने, सहकारी क्षेत्रमा देखिएको विभिन्न किसिमका समस्याहरुलाई उचित समयमा सम्बोधन गर्दै, विषयगत जिल्ला सहकारी संघहरु, जिल्ल बाँकी...