nemccu logo

नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी संघ लि.

  • दर्ता नं. ०६९/०७०/०२३

    बहुद्देश्यीय सहकारी संघ / संस्थाहरुको

  • छाता संगठन

  • coop
प्रकाशन

 

संघले स्थापनाकाल देखि हालसम्म गरेका महत्वपूर्ण कार्यहरूः

 

क. आ.व. ०६९/०७० मा संघले गरेका महत्वपुर्ण कार्यहरूः

 

१. संघको शेयर सदस्यता बृद्धि गर्नको लागि मिति २०७०/०२/२९ गते ललितपुर र भक्तपुर जिल्लाको जिल्ला स्तरिय भेला सम्पन्न गर्नुका साथै मिति २०७०/०३/१४ गते काठमाण्डौं जिल्लाकोे जिल्ला स्तरिय भेला सम्पन्न गरियो ।

 

२. संघद्वारा सहकारी संघ/संस्था दर्ता, संचालन, लेखा परिक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड २०६८ संशोधन गरी उक्त संशोधित मस्यौदालाई कार्यान्वयन गर्नको लागि सहकारी विभागमा मिति २०७०/०३/२८ गते पेश गर्ने कार्य भयो ।

 

३. नेपाल सरकार मन्त्री परिषद्को मिति २०६९/१०/१२ गतेको निर्णय अनुसार, सहकारी बचत सुरक्षण कोषको कार्य विधि २०७०, सहकारी ऋण सुरक्षण कोषको कार्यविधि २०७० तथा सहकारी कर्जा सूचना इकाईको कार्यविधि २०७० को प्रारम्भिक मस्यौदा तयार गर्नको लागि ७ सदस्यीय समितिमा केन्द्रीय संघको तर्फबाट संचालक समितिका अध्यक्ष श्री सुरेन्द्र भण्डारी ज्यूलाई प्रतिनिधिको रुपमा तोकिएको हुँदा, उक्त कार्य सम्पन्न भई तीन वटै कार्यविधीहरू पारित गर्नको लागि मन्त्रालयमा पेश गर्ने कार्य सम्पन्न भयो ।

 

 

ख. आ.व. ०७०/०७१ मा संघले गरेका महत्वपुर्ण कार्यहरूः

 

१. विगत ३ वर्ष देखि केहि सहकारी संस्थाहरूमा समस्या देखिएको र समस्याग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न र सदस्यहरूको निक्षेप सुरक्षण गर्न आवश्यक प्रकिृया अगाडी बढाउनको लागि राष्ट्रिय सहकारी संघ लि., सम्पूर्ण केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक लि. तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सहकारी संघलाई समेत संलग्न गराई मिति २०७०/०४/०३ गते सहकारी विभाग, मिति २०७०/०४/०३ गते राष्ट्रिय सहकारी संघ लि. र मिति २०७०/०४/०२ गते प्रधानमन्त्रीको कार्यालयमा मुख्य सचिव ज्यूलाई लिखित पत्र दर्ता गराई दबाब सृजना गर्ने कार्य सम्पन्न गरियो ।

 

२. समस्याग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्नको लागि अर्थ मन्त्रालयका सह–सचिव वैकुण्ड अर्यालको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री महाप्रसाद अधिकारीको संयोजकत्वमा गठित उच्च स्तरिय कार्यदलले पेश गरेको प्रतिवेदनले नेपालको सहकारी क्षेत्रको विकासमा दिर्घकालिन प्रकृतिको असर पर्ने देखिएको हुँदा, उक्त प्रतिवेदनहरूको आधारमा मन्त्रालयले सरोकालवालाहरूसँग छलफल नै नगरी सहकारी नियमावली २०४९ संशोधन प्रकृया अगाडि बढाईएको र उक्त कार्य रोक्न काठमाण्डौं, ललितपुर र भक्तपुरका जिल्ला सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंक लि. र सम्पूर्ण केन्द्रीय सहकारी संघहरूका प्रतिनिधी तथा राष्ट्रिय सहकारी संघका सम्पूर्ण संचालकहरू सम्मिलित संयुक्त बैठक मिति २०७०/०४/२८ गते संघको सभा कक्ष र मिति २०७०/०५/०४ गते राष्ट्रिय सहकारी संघ लि. मा बसी सम्बन्धित निकायमा लिखित रुपमा सुझा(व सहित दबाब सृजना गर्ने कार्य सम्पन्न गरियो ।

 

३. काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङ्ग जिल्लाको बहुउद्देश्यीय सहकारी संघहरूका पदाधिकारीहरूसँग (मिति २०७०/०५/१८ गते (ललितपुर), मिति २०७०/०५/१९ गते (धादिङ्ग), मिति २०७०/०५/२१ गते (काठमाण्डौ र भक्तपुर) र मिति २०७०/०५/२४ गते (काभ्रे) अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।  

 

४. सहकारी क्षेत्रमा देखिएका विभिन्न किसिमका समस्याहरू समाधान गर्नको निम्ति मिति २०७०/०६/०१ गते राष्ट्रिय सहकारी संघ लि., केन्द्रीय सहकारी संघहरू, काठमाण्डौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका सहकारी संघहरू तथा विषयगत जिल्ला सहकारी संघहरूको संयुक्त बैठक का.जि.का.म.न.पा. नयाँ बानेश्वरमा संचालित ईन्द्रेणी कम्पेल्कसमा बसी राष्ट्रिय सहकारी संघका पुर्व अध्यक्ष श्री दिपक प्रकाश बास्कोटा ज्यूको अध्यक्षतामा राष्ट्रिय समिति गठन गरी सोही दिन पत्रकार सम्मेलन आयोजना गरी ६ सुत्रीय मागहरू राखी मिति २०७०/०६/०१ गते सहकारी विभाग, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मुख्य सचिव, मन्त्री परिषद्को कार्यालय तथा विभिन्न राजनीति पार्टीका अध्यक्षहरूलाई ज्ञापन पत्र बुझाउने कार्य भयो ।

 

५. राष्ट्रिय सहकारी विकास बोर्डद्वारा सहकारी ऐन २०४८ खारेज गरी अध्यायदेश मार्फत सहकारी ऐन २०७० पुर्नलेखन प्रकृया अगाडि बढाईएको हुँदा, आवश्यक राय सुझाव पेश गर्नको लागि हाम्रो केन्द्रीय संघको आयोजनामा मिति २०७०/०६/०२, २०७०/०९/२२ र २३ गते संघको कार्य कक्षमा बैठक आयोजना गरी ऐनको मस्यौदा संशोधन गरी सुझाव पेश गर्ने कार्य भयो ।

 

६. सहकारीका सरोकारवाला निकायहरू मन्त्रालय, सहकारी विभाग, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी संघ लगायतको संलग्नतामा गठित सहकारी ऐन संशोधन तथा परिमार्जन उपसमितिले तयार गरेको “सहकारी ऐन २०४८” को परिमार्जित मस्यौदामा छलफल गरी राष्ट्रिय सहकारी संघ र अन्य केन्द्रिय सहकारी संघहरूसँग लिखित सुझाब माग गरिएको हुदाँ, उक्त सहकारी ऐनको मस्यौदा उपर व्यापक रुपमा छलफल गरी मिति २०७०/१०/१७ राष्ट्रिय सहकारी बिकास बोर्डमा सुझाब पेश गरिएको ।

 

७. सहकारी क्षेत्रको प्रबद्र्धनको लागि क्षेत्रगत मन्त्रालय तथा निकायहरूसँग सम्बद्ध कानुन एवं नियमहरूमा कहाँ के कस्तो सुधार एंव परिमार्जन गर्नुपर्ने हुन्छ ? सो विषयमा सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सुझाब माग गरिएको हुदाँ मिति २०७१/०१/१८ सुझाब पठाईएको ।

 

८. बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारी संघ, संस्थाहरूको समस्या समाधान गर्न राय सिफारिस सहितको प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोग, २०७० द्वारा लिखित सुझाब माग गरिएको हुदाँ, मिति २०७१/०१/१९ गते जाँचबुझ आयोगमा सुझाब पेश गरिएको ।

 

९. सहकारी क्षेत्रसँग सम्बन्धीत नितिमा समसामयिक परिवर्तन गर्नको लागि सुझाब माग भए बमोजिम मिति २०७१/०१/३० गते सहकारी विभागमा सुझाब पेश गरिएको ।

 

१०. संघको शेयर सदस्यता बृद्धि गर्नको लागि मिति २०७१/०२/१५ गते काभ्रे जिल्लाको जिल्ला स्तरिय भेला सम्पन्न गरिएको ।

 

 

ग. आ.व. ०७१/०७२ मा संघले गरेका महत्वपुर्ण कार्यहरूः

 

१. सहकारी संघ/संस्था दर्ता संचालन, लेखापरिक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०६८ मा समसामयिक सुधार र परिमार्जन गर्नको लागि मिति २०७१/०७/३० गते पुनः दोस्रो पटक सहकारी विभागमा सहकारी संघ/संस्था दर्ता, सञ्चालन, लेखा प्रणाली, लेखापरीक्षण, अनुगमन तथा प्रवद्र्धन सम्बन्धी आचार संहिता/मापदण्ड, २०७१ को मस्यौदा पेश गरिएको ।

 

२. आ.व. ०७२/०७३ सालको बजेट तथा कार्यक्रमको लागि सहकारी क्षेत्रसँग सम्बन्धित करको विषयमा सुझाब माग गरिएकोमा उक्त विषयमा मिति २०७२/०१/०६ गते सहकारी विभागमा सुझाब पेश गरिएको । 

 

३. सहकारी क्षेत्रमा वचत निक्षेप संकलन गरी सदस्यहरुलाई ऋण लगानी गर्ने सहकारी संस्थाहरुको ऋण लगानीलाई व्यवस्थित गर्न र जोखिम न्यूनीकरण गरी सहकारी क्षेत्रलाई सवल र सुदृढ बनाउनको लागि सहकारी ऋण लगानी सुचना ईकाईको स्थापना गर्ने र कर्जा सुचना केन्द्र मार्फत यस्तो ऋण लगानीको एकीकृत रुपमा सुचना प्रवाह गर्ने सम्बन्धमा मिति २०७१/०९/०७ गते सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको छलफलमा सहभागि भई सुझाब दिएको ।

 

४. सहकारी ऐन, २०४८ लाई संशोधन गर्न जारी गरेको अध्यादेशको बारेमा मिति २०७२/०१/१४ गते राष्ट्रिय सहकारी संघ. लि. नेपालमा भएको छलफलमा सहभागी भई सुझाब दिएको ।

 

 

 घ. यस आ. व. ०७२/०७३ मा संघले गरेका महत्वपूर्ण कार्यः

 

१. नेपाल चार्टड एकाउण्टेन्टस संस्था (त्जभ क्ष्लकतष्तगतभ या ऋजबचतभचभम ब्अअयगलतबलतक या ल्भउब)ि ले परिषदको २०७१ फाल्गुण ४ गते बसेको १९४ औ बैठकको निर्णय अनुसार सहकारी संस्थाहरुको लेखापरिक्षण गर्दा संस्थाले संस्थाका पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरुको न्यूनतम लेखापरिक्षण शुल्क निर्धारण गरिएको सुचना मिति २०७२ भदौ ११ गते राष्ट्रिय दैनिक पत्रिकामा जारी गरिएको थियो । यस विरुद्ध संघले दायर गरेको रिटमा सर्वोच्च अदालतले सहकारी ऐनमा साधारण सभाबाट लेखापरिक्षकको पारिश्रमिक तोक्ने स्पष्ट कानुनी व्यवस्था भएको हुदाँ उक्त कानुनी व्यवस्थासँग विरोध पर्ने गरि स्पष्ट कानुनी अख्तियारी वेगर कुनै निर्णय वा कार्य गर्न नमिल्ने भएको हुदाँ परिषदले जारी गरेको शुल्क कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको छ ।