संघको कूल शेयर पूँजी रु. ५०,००,००,०००/– (अक्षरुपी पचास करोड मात्र) रहेको छ। जसलाई प्रति कित्ता
रु.१,००/– (एक सय) का दरले जम्मा ५०,००,००० (पचास लाख) थान शेयरमा विभाजन गरिएको छ । संघको आवश्यकता अनुसार कुल पूँजीको सिमा भित्र रही शेयर बिक्रि गर्न सकिनेछ । शेयर किस्ताबन्दीमा पनि विक्रि गर्न सकिनेछ । यस्तो शेयर समितिले तोकेको अवधि भित्र समय समयमा चुक्ता गर्नु पर्नेछ । यसरी तोकिएको अवधिमा कबुल गरेको शेयर रकम चुक्ता नगरेमा सो आशिंक चुक्ता भएको शेयर रकम जफत गरिनेछ । तर सो गर्नु पूर्व सम्बन्धित सदस्य संघ÷संस्थालाई बाँकी रकम चुक्ता गर्नको लागि टेलिफोन, पत्र वा सार्वजनिक सुचनाद्वारा ३५ दिनको समयावधि उपलब्ध गराईनेछ ।