nemccu logo

नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी संघ लि.

  • दर्ता नं. ०६९/०७०/०२३

    बहुद्देश्यीय सहकारी संघ / संस्थाहरुको

  • छाता संगठन

  • coop
अल्पकालिक कार्य योजनाहरु

१. प्रारम्भिक साधारण सभाबाट पाँच बर्षको लागि गठन भएको संचालक समिति र लेखा समितिका पदाधिकारीहरुलाई संघ शुदृढीकरण अभियानमा शसक्त तवरबाट परिचालन गर्ने ।

 

२. प्रारम्भिक सहकारी संस्थाहरुको सबल व्यवस्थापन गर्नको लागि विभिन्न प्रकारका व्यवस्थापन सम्बन्धी तालिम संचालन गर्ने ।

 

३. अन्तर सहकारी कारोबारलाई व्यवस्थित रुपमा संचालन गर्न प्रारम्भिक सहकारी संस्थाहरु बीच छलफल तथा गोष्ठी संचालन गर्ने ।

 

४. बहुउद्देश्यीय सहकारी संस्थाहरुको दर्ता प्रकृयालाई सहजीकरण गर्न सहकारी विभाग र मन्त्रालयलाई मौखिक तथा लिखित रुपमा अनुरोध गर्ने ।

 

५. प्रारम्भिक सहकारी संस्थाहरुको सबल व्यवस्थापनको लागि अनिवार्य रुपमा आर्थिक तथा कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियमावली, कर्जा लगानी तथा असुली सम्बन्धी विनियमावली, बचत संकलन विनियमावली र आवश्यकता बमोजिम अन्य विनियमहरु समेत तयार गर्न लगाउने र उक्त कार्य गर्न आवश्यक सहयोग गर्ने ।

 

६. प्रारम्भिक सहकारी संस्थाहरुबाट बचत तथा ऋण कारोबार संचालन गर्ने ।

 

७. सहकारी संस्थाहरुको अध्ययन तथा अनुसन्धान नै नगरी सहकारी विभागबाट वार्षिक रुपमा प्रदान गर्दै आएको अनुदान केन्द्रीय सहकारी संघहरु मार्फत उपलब्ध गराउनको लागि अन्य केन्द्रीय सहकारी संघहरुसँग छलफल गरी सम्बन्धित निकायलाई सुझाव दिने तथा दबाब सृजना गर्ने ।

 

८. १ वर्ष भित्रमा मुलुकभर संचालित बहुउद्देश्यीय सहकारी संस्थाहरुको प्रत्येक जिल्लामा जिल्ला स्तरीय संघ गठन कार्य सम्पन्न गर्ने ।

 

९. प्रारम्भीक तह देखि जिल्ला, केन्द्रीय, राष्ट्रिय र राज्यका विभिन्न निकायहरुमा सहकारी संस्थाहरुको हकहित, संरक्षण र व्यवसाय प्रवद्र्धन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने ।

 

१०. मुलुकको सहकारी आन्दोलानलाई गैहृ राजनैतिक ढङ्गबाट अघि बढाउन विभिन्न शुद्धिकरण तथा सुदृढीकरण अभियानको सुरुवात गर्ने ।

 

११. सहकारी संस्थाहरुमा लाग्ने अवैज्ञानिक कर (राजश्व) व्यवस्था हटाउन दबाब सृजना गर्ने ।

 

१२. सहकारी ऐन, नियम विपरीत व्यक्ति विशेषको प्रभावमा परी सहकारी विभागले मापदण्ड जारी गरी सहकारीको अवधारणा, मुल्य, मान्यता तथा सिद्धान्तको प्रतिकुल हुने गरी सहकारी आन्दोलनलाई कुन्ठीत गरेको हुँदा, हाम्रो संघले तयार गरी मिति २०७० /०३ / २८ गते सहकारी विभागमा पेश गरेको सहकारी संघ/संस्था दर्ता, संचालन, लेखा प्रणाली, लेखापरिक्षण, अनुगमन तथा प्रवद्र्धन सम्बन्धी आचार संहिता २०७० लागु गर्न विशेष पहल गर्ने ।

 

१३. सबल व्यवस्थापनको अभावमा केही सहकारी संस्थाहरुमा समस्या देखिएको हुँदा, ती सहकारी संस्थाहरुको व्यवस्थापन सुधार गर्ने कार्यमा सहयोग गर्ने ।

 

१४. प्रत्येक राष्ट्रिय दैनिक पत्रिकाका सहकारी विट हेर्ने पत्रकारहरुलाई सहकारी शिक्षा प्रदान गर्न विभिन्न गोष्ठी तथा सेमिनार संचालन गर्ने ।

 

१५. सहकारी संस्थाहरुले गरेका राम्रा कार्यहरुको विषयमा र नेपालको समग्र सहकारी आन्दोलनको विषयमा जानकारी गराउन समय समयमा राष्ट्रिय सहकारी संघ, सहकारी विभाग र केन्द्रीय सहकारी संघहरुको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायमा पहल गर्ने ।