nemccu logo

नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी संघ लि.

  • दर्ता नं. ०६९/०७०/०२३

    बहुद्देश्यीय सहकारी संघ / संस्थाहरुको

  • छाता संगठन

  • coop
सदस्यता मापदण्ड

 संघको सदस्यता लिनको लागि खरिद गर्नुपर्ने शयेर रकम :

संघको सदस्यता लिनको लागि सम्बन्धित संघ, संस्थाले देहाय बमोजिमका आधारमा अनिवार्य रुपमा शेयर खरिद गर्नुपर्नेछ।

तपशिल

सि.न. कुल पुंजी(शेयर पुंजी तथा जगेडा कोष) कोषको रकम(रु) खरिद गर्नुपर्ने शेयर रकम(रु)
१. १५ लाख सम्म १०,०००/-
२. १५ लाख १ देखि ५० लाख सम्म २५,०००/-
३. ५० लाख १ देखि १ करोड सम्म   ५०,०००/-
४.  १ करोड १ देखि ३ करोड सम्म १,००,०००/-
५. ३ करोड १ देखि ५ करोड सम्म  २,००,०००/- 
६. ५ करोड १ देखि १० करोड सम्म  ३,००,०००/- 
७.  १० करोड १ देखि  २० करोड सम्म  ५,००,०००/- 
८.  २० करोड १ देखि  माथि १०,००,०००/-  

 

 शेयर खरिद गर्न सम्बन्धित सहकारी संस्थाले पेश गर्नुपर्ने कागजपत्रहरु :

१. शेयर सदस्यता सम्बन्धि निवेदन । 

२. संस्था दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।

३. संस्थाको स्थाई लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।

४. संस्थाको विनियमको प्रमाणित प्रतिलिपि ।

५. संचालक समितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि ।

६. संचालक समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि ।

७. पछिल्लो साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि ।

८. आधिकारिक व्यक्तिको हालसालै खिचेको पासपोर्ट तथा अटो साइजको रंगिन फोटो १र१ प्रति ।

९. पछिल्लो आर्थिक वर्षको लेखा परिक्षकको प्रतिवेदन तथा साधारण सभा सम्बन्धि विवरण ।

१०. हालसालै (Trial Balance) को प्रमाणित प्रतिलिपि ।

११. संस्थाको कर चुक्ताको प्रमाण पत्र (Tax Clearance Certificate) प्रमाणित प्रतिलिपि ।

१२. जिल्ला संघमा आवद्ध भएमा सदस्यता लिएको प्रमाण पत्रको प्रतिलिपि ।

१३. सम्बन्धित संस्थाले सदस्य शुल्क वापत रु.२०००/- (अक्षरेपि दुइ हजार मात्र) पछि फिर्ता नहुने सर्तमा बुझाउनु पर्नेछ । 

१४. संस्थाको छाप र हस्ताक्षर ।