देशको स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा नागरिकहरुको पहलमा समुदायका लागि आवश्यक विविध विषयका उद्यमशीलताको विकासमा बहुउद्देश्यीय सहकारीहरुको योगदानलाई दिगो, भरपर्दो र परिणाममुखी बनाउन बहुउद्देश्यीय सहकारी संस्थाहरु तथा जिल्ला सहकारी संघहरुको केन्द्रिय संघ गठन गरी संचालन गर्न आवश्यक भएकोले ४ हजार ३ सय भन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाहरुको हकहित, संरक्षण, प्रबद्र्धन र सुदृढीकरण गर्ने मुख्य उद्देश्य लिई यस केन्द्रीय संघको स्थापना भएको छ । बहुउद्देश्यीय सहकारी संघ÷संस्थाहरुको सबल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन प्रणालीलाई विशेष जोड दिने, ग्रामिण अर्थतन्त्रको सुदृढीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने, सहकारी क्षेत्रमा देखिएको विभिन्न किसिमका समस्याहरुलाई उचित समयमा सम्बोधन गर्दै, विषयगत जिल्ला सहकारी संघहरु, जिल्ल बाँकी...